काठमाडौं - तेह्रथुमको लालीगुराँस नगरपालिकाको लसुने बजारमा रहेको धनरुपा पार्क । तत्कालीन माओवादी युद्धमा लागेर मारिएकी धनरुपा कार्कीको नाममा निर्मित यो पार्क लसुने बजारको एक्लो पार्क हो ।
गुराँसको राजधानी तीनजुरे मिल्के जलजले जानेहरूको रोजाईको पार्क धनरुपा पार्क बनेको छ । तेह्रथुम सदरमुकामबाट २६ र वसन्तपुर बजारबाट १० किलोमिटर सडक दूरीमा छ यो पार्क । तस्वीर : रासस
प्रतिक्रिया