२ खर्ब १९ अर्ब डलरका मालिक एलन मस्कलाई श्रीलंका खरीद गर्न सल्लाह

३ बर्ष अगाडि

काठमाडौं - टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । 

उनलाई आर्थिक संकटमा फसिरहेको मुलुक श्रीलंका खरीद गर्न सल्लाह दिएइएको छ । स्नापडिल कम्पनीका सीईओले मस्कलाई यस्तो सुझाव दिएका हुन् ।

सीईओ कुणाल बहलले ट्वीटर खरीद गर्नुको साटो श्रीलंका खरीद गरेर आफ्नो नाम ‘सिलोन मस्क’ राख्न पनि मस्कलाई सुझाव दिएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्– ट्वीटर खरीद गर्न एलन मस्कको प्रस्ताव ४३ अर्ब डलर, श्रीलंकाको ऋण ४५ अर्ब डलर । उनले श्रीलंका खरीद गरेर आफूलाई सिलोन मस्क बनाउन सक्दछन् ।

मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १० प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन् । 

त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन् । मस्कको उक्त प्रस्तावका बारेमा ट्वीटरको बोर्डमा समेत छलफल भएको छ । 

मस्क २ खर्ब १९ अर्ब डलरका मालिक हुन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया