राष्ट्रिय वाणिज्य बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग

७ बर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट र धादिङ्ग जिल्लाका दृष्टि सम्बन्धि अपाङ्गता भएका बालबालिकाहरुका लागि मैत्री समाज नेपालले नुवाकोटको तुप्चेमा  आयोजना गरेको विशेष किसिमको खेल सो– डाउन टेबल टेनिस ट्रेनिङ्ग क्याम्पमा स्वयमसेवक परिचालन, आवाश तथा यातायात सहयोग, पुरस्कार र विभिन्न तालिम सामाग्रीको लागि आवश्यक सहयोग गरेको छ ।

आँखामा ब्लाइन्ड फोल्ड नामक पट्टि लगाई विशेष किसिमले डिजाइन गरि तयार गरिएको टेबल टेनिस बोर्डमा हातमा ग्लोब्स लगाएर विशेष खालको आवाज आउने ९क्यगलम द्यबिि० लाई पेडलले हिर्काएर बोर्डमा गुडाई दुई व्यक्ति बिच शुरुमा सबै सहभागीहरुलाई प्रशिक्षक प्रकाश खड्का र उनको सहयोगी प्रतीक ढकालद्घारा तालिम अभ्यास गराईएको थियो ।

उक्त अवधिभरको अन्तिम २ दिन श्री चण्डेश्वरी मा.वि, तुप्चे, नुवाकोट र जनजाग्रिति मा.वि, महादेववेशी, धादिङ्गका सहभागी विद्यार्थीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गराई एक जना छात्र, एक जना छात्रालाई नगद उपहार र सबै सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया