प्रोफेसनल फुटबल क्यारियरमा रोनाल्डोको ५०औँ ह्याट्रिक पुरा

३ बर्ष अगाडि

एजेन्सी - क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रोफेसनल फुटबलको क्यारियरमा ५०औँ ह्याट्रिक पुरा गरेका छन् । 

शनिबार राति रोनाल्डोले नर्विच सिटीविरुद्ध ह्याट्रिक गर्दै ५०औँ ह्याट्रिक पुरा गरेका हुन् । युनाइटेडलाई महत्त्वपूर्ण जित समेत दिलाए । रोनाल्डो अहिले खेलिरहेका खेलाडी मध्ये सबै भन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन् ।

यस अघि २००८ मा युनाइटेडका लागि ह्याट्रिक गरेका रोनाल्डोले गत मार्चमा टोटनह्यामविरुद्ध दोस्रो ह्याट्रिक गरेका थिए । रोनाल्डोले उनको पूर्व क्लब युभेन्टसमा पनि तीन ह्याट्रिक गरेका थिए भने रियल म्याड्रिडका लागि ४४ ह्याट्रिक गरेका थिए ।

क्लब फुटबलमा आफ्नो ५० ह्याट्रिक पुरा गरेका रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि १० ह्याट्रिक गरेका छन् । यसरी रोनाल्डोले आफ्नो पुरै क्यारियरमा ६० ह्याट्रिक पुरा गरेका छन् ।

त्यस्तै लियोनेल मेसीले आफ्नो क्यारियरमा ५५ ह्याट्रिक गरेका छन् । मेसीले क्लब फुटबलमा ४८ ह्याट्रिक गरेका छन् । देश अर्जेन्टिनाबाट ७ ह्याट्रिक गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया