काठमाडौं - प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले आफूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको बताएको छ ।
शनिबार होटल हार्दिकको सभाहलमा ताप्लेजुङ सरोकार केन्द्रले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकहरूलाई मन पर्ने पार्टीमा आबद्ध हुने नैसर्गिक अधिकार भएको हुँदा आमनिर्वाचनलाई सही सदुपयोग गर्न आग्रह गरेका हुन् ।
उनले आमनिर्वाचन लोकतन्त्रको महायज्ञ भएको हुँदा सम्पूर्ण नागरिकहरूलाई जनप्रतिनिधि छनौट गर्न आगामी स्थानीय तहको निर्वाचनमा होमिन आग्रह समेत गरेका छन्।
उनले राजनीतिक परिवर्तन प्राप्त भइसकेकोले अव जनप्रतिनिधिहरू र नागरिकहरू विकासका एजेण्डामा लाग्नुपर्ने, विकासको खाँका कोर्न उचित जनप्रतिनिधि छनौट गरी दिगो विकास सम्भव हुने पनि बताए ।
प्रतिक्रिया