नेपाल फाइनान्सद्धारा लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित, सञ्चालक चयन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ ।

साथै आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । 

जसमध्ये संस्थापक समूहबाट हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

त्यसैगरी सोही सभाले विशेष प्रस्तावअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्नेर गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया