प्रदेशमन्त्रीलाई कूटनीतिक, स्थानीय प्रमुखलाई विशेष राहदानी, ओलीको प्रस्ताव

७ बर्ष अगाडि

 काठमाडौं- सरकारले प्रदेश सरकारदेखि जिल्ला समन्वय समितिका प्रमुखलाई कूटनीतिक राहदानी र स्थानीय सरकार प्रमुखलाई विशेष राहदानी प्रदान गर्ने निर्णय गरेको छ, राजधानी दैनिकमा खबर छापिएको छ  । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा मन्त्रिपरिषद्ले यस्तो सेवा प्रदेश एवं स्थानीय सरकार प्रमुखलाई दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) र नगरपालिका तथा गाउँपालिका प्रमुख एवं अध्यक्षलाई विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकार, सांसद, जिल्ला समन्वय समितिका प्रमुखले कूटनीतिक राहदानी (रातो पासपोर्ट) तथा स्थानीय सरकारका प्रमुखले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया