काठमाडौं - गत साता नेप्से परिसूचक २ प्रतिशत घटेको थियो । अघिल्लो साता २४६४.३५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.९९ प्रतिशत अर्थात ४९.११ अंक घटेर २४१५.२४ विन्दुमा बन्द भएको थियो ।
गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो । नप्सेले ३ कारोबार दिनमा सो बराबरको अंक गुमाएको हो ।
यस अनुसार यस साता नेप्से उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यस्तै, ओरालो लागेमा भने २३५० मा टेवा पाउने देखिन्छ ।
गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ । यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ ।
गत साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती प्याटर्न बनाएको छ । यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ । यसले बजारमा गत साता बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ ।
नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ । गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको छ । जबकी नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २५.५८ प्रतिशत कम हो ।
प्रतिक्रिया