एजेन्सी - चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाले निकै त्रास फैलाइरहेको छ ।
सांघाईमा बिहीबार २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । तर, २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । राष्ट्रपति सी जिनपिङले कडाइ गर्ने भनेकै भोलिपल्टै सांघाईमा यति धेरै मामिला बाहिर आएका हुन् ।
कोरोनाबाट सांघाई अहिलेसम्मकै बढी प्रभावित भएको हो । चीनको ‘जिरो कोभिड नीति’ अन्तर्गत सांघाईमा कडा लकडाउन गरिएको छ । सांघाईको २ करोड ५० लाख जनसंख्या घरभित्रै बस्न बाध्य छन् ।
सांघाईमा मार्चदेखि अहिलेसम्म २ लाख ८० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
जसका कारण अहिले मानिसहरुलाई क्वारेन्टिनमा बस्ने ठाउँ छैन । त्यसैले अहिले आवासीय भवनलाई क्वारेन्टिनमा परिणत गरी त्यहाँ संक्रमितलाई राख्ने काम भइरहेको छ। यसले संक्रमण झनै फैलिने भन्दै त्यसको विरोध सुरु भएको छ ।
प्रतिक्रिया