काठमाडौं - यो साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत भएको छ ।
नेप्सेमा एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको शेयर सूचिकृत भएको हो । सूचिकृत हुनेमा सूर्योदय लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त, महालक्ष्मी विकास बैंक र सिभिल बैंकको ऋणपत्र रहेको छ ।
सूर्योदय लघुवित्त
नेप्सेमा सूर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । शेयर सूचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्री गर्न सक्ने छन् ।
इन्फीनिटी लघुवित्त
इन्फीनिटी लघुवित्तको २७.७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । शेयर सूचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्री गर्न सक्ने छन् ।
महालक्ष्मी विकास बैंक
नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
कम्पनीले फागुन १३ गते समापन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।
सिभिल बैंक
नेप्सेका अनुसार बैंकको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पौष ७ गतेसम्म १० वर्ष अवधिको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा प्रतिकित्ता १००० रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया