साउदीबाट चाहेको बेला स्वदेश फर्किन सहज छैन

३ बर्ष अगाडि

काठमाडौं - साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ ।

साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायत कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्किन सहज नभएको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार एकजना कामदारलाई साउदी ल्याउन रोजगारदाताले धेरै पैसा खर्च गर्ने भएकाले कामदार सम्झौता नसकि कामदारलाई निस्किन दिँदैनन् । 

यस्तै पारिश्रमिकका विषयमा प्रष्ट हुन र तोकेको पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि सम्झौता नगर्न पनि दूतावासले आग्रह गरेको छ । 

साउदीले तोकेको अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत तीन सय रियाल तोकेको छ । 

ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासनको भ्रममा नपर्न पनि दूतावासले आग्रह गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया