एमालेबाट विद्रोह गर्नुको तथ्य पेश गर्न माधव नेपालको अपिल

३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले किन नेकपा एमालेबाट विद्रोह गर्नु पर्‍यो भनेर जनतामाझ पुर्‍याउन कार्यकर्तालाई आह्वान गरेका छन् ।

शनिबार स्थानीय तहको चुनावबारे भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले आफ्ना कार्यकर्तालाई भनेका छन्, 'तपाईंहरु पार्टीका नीति र कार्यक्रमलाई आत्मसात् गरेर जनताको माझमा पुर्‍याउने काम गर्नुस् । यो पार्टी गठनको औचित्य के होरु हामीले किन पुरानो पार्टी नेकपा एमालेबाट विद्रोह गर्नुपर्‍योरु विद्रोहको के बाध्यता आइलाग्योरु त्यसलाई प्रष्ट पार्नुस् । तथ्यहरु प्रमाणहरु पस्किनुस् ।'

उनले तथ्य र प्रमाण पस्किएपछि विपक्षीले केही बोल्न नसक्ने पनि बताएका छन् । उनले कार्यकर्तालाई एक–एक घटनाहरुलाई सम्झिन र नोट गर्न पनि भनेका छन् । 'त्यो जनताको माझमा पुर्‍याउनुस्। विपक्षीले लगाउने झुटा आरोपहरुलाई चोटिलो जवाफ दिनुस्', अध्यक्ष नेपालको आह्वान छ ।

उनले आफूहरुले आफ्नो नीति कम्युनिस्ट आन्दोलनको हितका खातिर अगाडि बढाएको दाबी गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया