संखुवासभामा भत्कियोे पाँच दलीय गठबन्धन, नौवहिनीमा एक्लियो राष्ट्रिय जनमोर्चा

३ बर्ष अगाडि

संखुवासभामा पाँच दलीय गठबन्धन भत्किएको छ । प्रमुख सत्तारुढ नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरपछि जिल्लामा पाँच दलीय तालमेल नहुने देखिएको हो । 

शुक्रबार चुनावी तालमेलबारे टुंगो लगाउन पाँच दलीय बैठक बसेको थियो । बैठकमा सहमति नभएपछि कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गरेको थियो । कांग्रेसको घोषणामा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक टेकमान राईले विज्ञप्ति जारी गरेर कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन गरेकाले सहमतिमा पुग्न नसकिएको उल्लेख गरेका छन् । 

यो निष्कर्ष प्रदेश र केन्द्रको संयन्त्रलाई जानकारी गराउने, गठबन्धन नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने जिल्ला तालमेल संयन्त्रको निर्णयविपरीत कांग्रेसले गठबन्धन तोडेकोमा आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा कांग्रेसले गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिमा कोही पनि तरंगित र भ्रमित नहुन अनुरोध गरिएको छ । ‘आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ,’ माओवादीले भनेको छ ।

यस्तै नौवहिनी गाउँपालिका प्यूठानमा गठबन्धन भत्किएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएपछि अर्को दल राष्ट्रिय जनमोर्चा एक्लिएको हो । 

सत्तारुढ दलका तीन दलले आफूहरुलाई सहभागी नगराएको राष्ट्रिय जनमोर्चा प्यूठानमा सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले जानकारी दिए । 

हाल नौवहिनी गाउँपालिकामा कांग्रेस र माओवादीको साझेदार सत्ता छ । वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई तीनरतीन वटा वडा कांग्रेस माओवादीलाई भागवण्डा गरिएको पाइएको छ ।

 विवादमा रहेको फोप्लीको वडामा सहमति भएको छैन। गाउँपालिका अध्यक्षमा पुनः वहालवाला अध्यक्ष कांग्रेसका शिव रिजाल र उपाध्यक्षमा माओवादीका घनबहादुर बुढालाई दोहोर्‍याउने सहमति भएको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा नौवहिनीमा कांग्रेस, माओवादीको चुनावी तालमेल भएको थियो । राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले पनि तालमेल गरेका थिए। राजमोका पहाडि यस अघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

 राजमोले वडा नम्बर ४ र ६ को वडा अध्यक्ष माग गरेपछि सहमति हुन कांग्रेसका जिल्ला सदस्य एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए। 

३ बर्ष अगाडि

प्रतिक्रिया