विराटनगर – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राससबाट प्रकाशित हुने समाचारप्रति जनताका विश्वास अझ बढिरहेको बताउनुभएको छ ।
रासस प्रदेश नं १ को कार्यालय विराटनगरको आज अवलोकनपछि उहाँले राससमा काम गर्ने समाचारदाता जनता, सरकार र राष्ट्रप्रति अझ बढी जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सरकारी सञ्चार माध्यम रासस लामो समयदेखि नेपाली जनताका मनमा बसेको यथार्थ हो भन्दै राससलाई समयानुकुल बनाउन प्रदेश सरकार तयार छ भन्नुभयो ।
सो अवसरमा रासस सञ्चालक समितिका सदस्य दयाराम दाहाल, प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको गतिविधि बारे जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया