अनुमति नलिइ राति हल सञ्चालन गर्नेलाई कारबाही

३ बर्ष अगाडि

काठमाडौं - अनुमति नलिइ राति हल सञ्चालन गर्ने हलहरूलाई चलचित्र विकास बोर्डले कारबाही गर्ने भएको छ । बिना अनुमति हल चलाउने र टिकटदर नराखेर बिक्री गर्नेलाई कारबाही प्रकिया अगाडि बढाएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।

बोर्डले राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै हलमाथि छानबिन गरी कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ । कानुन विपरित हल सञ्चालन गर्नेलाई कुनै पनि हालतमा नछोड्ने समेत दाहालको तर्क छ ।

अनुमति नलिई मध्यरातदेखि नै हल सञ्चालन गर्ने एफक्युब सिनेमाज, बिग मुभिज र बिएसआर मुभिजविरूद्ध बोर्डले कारबाही सुरू गरेको हो । 

दर्शकहरूको माग भन्दै यी हलहरूले दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ को राति १ बजेदेखिका शोहरू सञ्चालन गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया