काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाउँपालीका वडा नं. ३ का सुमन राना मगरको परिवारलाई दाबी भुक्तानी गरेको हो ।
कम्पनीले उनको मृत्यु पश्चात बिमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्र बहादुर राना मगरलाई बीमा दावी वापतको रकम ५ लाख ९३ हजार ३ सय २० रुपैयाँ भुक्तानी गरेको हो ।
सुमन राना मगरको केही समय अगाडि क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई वर्ष अगाडि ५ लाखको सावधिक जीवन बीमा गरेका थिए ।
प्रतिक्रिया