आइएमईको नयाँ वर्ष योजना : साप्ताहिक र बम्पर उपहार घोषणा

४ बर्ष अगाडि

काठमाडौं - आइएमईले नयाँ वर्ष २०७९ को अवसरमा “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख २०७९ देखि ३१ बैशाख २०७९ ९ १४ अप्रिल, २०२२ देखि १४ मे, २०२२० सम्म जम्मा ३१ दिनका लागि कायम रहनेछ ।

सोही योजना आइएमई ग्रुपको काठमाण्डौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । “आइएमई २०७९ मा २०७९” को १ महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्टरसव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेछन ।

यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रू. २,०७९ र बम्परमा १ भाग्यशाली विजेतालाई रू. २,०७,९०० प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरु मध्य कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिनेछ ।

यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया