काठमाडौं - आज बैशाख २ गतेबाट निष्कासन भएको सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ३ लाख ५३ हजार ५८७ जनाले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार शुक्रवार कार्यालय अवधिसम्म यी आवेदकहरूबाट ४१ लाख १७ हजार ९५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ११ गुणा बढी हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन तथा बिक्री गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको कुलमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ ।
त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपीओमा न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आइपीओमा बैशाख २ गतेदेखि छिटोमा बैशाख ६ गतेसम्म् आवेदन दिन सकिनेछ भने उक्त अवधिमा सबै आईपीओ बिक्री नभएको खण्डमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
तर योभन्दा अगाडि निष्कासन भएको आइपीओमा परेको आवेदन हेर्दा लगानीकर्ताले १० कित्ता भन्दा बढी आवेदन दिनु नपर्ने देखिन्छ ।
प्रतिक्रिया