सेञ्चुरी बैंकलाई २ अर्ब २० करोडको ऋणपत्र निष्कासनका लागि बोर्डबाट अनुमति, बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । 

कम्पनीले २ अर्ब २० करोड रुपैयाँको बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९ गते अनुमति पाएको हो । जसमा ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया