काठमाडौ, बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबिच छुट सम्बन्धी सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई स्पेशल प्याकेजमा १२.५ प्रशितको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने क्उभअष्ब िउबअपबनभ मा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको हो । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया