'केजीएफ-२' ले रिलिजको पहिलो दिनमै कमायो १४० करोड

३ बर्ष अगाडि

एजैन्सी - बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको यश स्टारर दक्षिण भारतीय (साउथ) फिल्म 'केजीएफ-२' ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन सबै भाषामा गरी करिब १४० करोड र हिन्दी भर्सनमा मात्रै करिब ५५ करोड भारु कमाएको ट्रेड एनालिस्टलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मले पहिलो सातामा आमिर खानको ‘दंगल’ र एसएस राजमौलीको ‘बाहुबली–२’को व्यापारिक रेकर्डलाई तोड्ने अनुमान समेत गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया