सेञ्चुरी बैंकको शताब्दी बचत खाता संचालनमा

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरूको हितलाई ध्यानमा राखी 'शताब्दी बचत खाता' संचालनमा ल्याएको छ । 

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । 

शताब्दी बचत खाता खोल्दा ग्राहकहरूलाई मोबाइल बैङ्किङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथै शताब्दी खाता खोल्दा ग्राहकहरूलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । 

उक्त खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैङ्किङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

थप जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरूमा सम्पर्क राख्न अनुरोध छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया