६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको अमेरिकाको दाबी

३ बर्ष अगाडि

एजेन्सी - एउटा अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ । 

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार गत मार्चमा ‘एक्सी इन्फिनिटी’ नामक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो। यो कम्पनीले आफ्ना ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी कमाउने अवसर दिन्छ ।

अमेरिकी अधिकारीहरुका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा यो सबैभन्दा ठूलो ह्याकिङमा उत्तर कोरियाको ‘लाजरस’ समूह संलग्नता रहेको छ । यो समूह उत्तर कोरियाको इन्टेलिजेन्स ब्युरोले सञ्चालन गरेको ती अधिकारीहरुको दाबी छ । 

एफबीआईले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो अनुसन्धानमा हामीले लाजरस समूह र एपीटी ३८ का साइबर आक्रमणकारीहरु यस चोरीका लागि जिम्मेवार रहेको पायौँ ।’

३ बर्ष अगाडि

प्रतिक्रिया