काठमाडौं - धितोपत्र दोस्रो बजारमा आगामी साताबाट ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबारमा आउने सम्भावना रहेको छ ।
यो कम्पनीको आईपीओ सूचीकरणका लागि आवश्यक डकुमेन्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुगिसकेको छ । सेयर सूचीकरण गर्न र कम्पनीसँग सम्झौता गर्नमात्र बाँकी रहेको नेप्सेले जनाएको छ ।
सबै प्रक्रिया सकिएकोले आगामी साताभित्रै सूचीकरण सम्झौता भएर ग्रीन भेन्चर्सको सेयर कारोबारमा आउने सक्ने सम्भावना बताइएको छ ।
ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओ बाँडफाँड भने गत चैत २० गते गरिएको थियो ।
प्रतिक्रिया