एजेन्सी - बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह बन्धनमा बाँधिएका छन् ।
बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह समारोह सम्पन्न भएको हो ।
रणवीर-आलियालाई बलिउड सेलिब्रिटीहरुले पनि बधाई दिने क्रम जारी छ । अभिनेत्री दीपिका पादुकोणले पनि आलियाले सेयर गरेको तस्वीरमा कमेन्ट गरेकी छन् । दीपिकाले लेखेकी छन्, जिन्दगीभर तिमीहरु दुवैलाई माया, खुसीको सञ्चार छाइरहोस् ।’ दीपिका रणवीरकी पूर्वप्रेमिका समेत हुन् ।
विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करीना कपुर खान, सैफ अलि खान, करिस्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर, लगायत थुप्रै सेलिब्रेटीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया