काठमाडौं - एनएमबी बैंकले विश्व सम्पदा दिवसको अवसर पारेर सम्पदा संरक्षण सम्बन्धी कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम भोलि शनिबार बिहान ७ बजे हनुमानढोका काठमाडौंमा हुने बैंकले जनाएको छ । नेपालको सांस्कृतिक तथा ऐतिहासिक गरिमा बोकेका सम्पदाहरू बचाउको लागि एनएमबी बैंकले हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
विश्व सम्पदाको संरक्षण तथा संवर्द्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन हरेक बर्ष विश्वभर विश्व सम्पदा दिवस मनाइन्छ । विश्व सम्पदा दिवस बैशाख ५ गते सोमबार परेको छ ।
प्रतिक्रिया