एजेन्सी - टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इंकलाई ४३ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन् । यसका लागि मस्क प्रतिसेयर ५४.२० डलर नगद तिर्न तयार छ ।
मस्कले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गर्दै यस प्रस्तावको जानकारी दिएका हुन् । मस्कको प्रस्तावमा ट्विटरले भन्यो, ‘निर्देशक बोर्डले टेस्ला प्रमुखको गैरबाध्यकारी सम्झौतालाई कम्पनी र सबै ट्विटर सेयरधारकको हितमा निर्णय गर्न मूल्यांकन गर्नेछ ।’
मस्कको प्रस्तावमाथि छलफल गर्न बोर्डले चाँडै बैठक बस्न सक्छ । मस्कले भने, ‘मैले ट्विटरमा लगानी गरेँ किनकि मलाई विश्वास छ कि यसमा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी प्लेटफर्म बन्ने सम्भावना छ र म विश्वास गर्छु कि अभिव्यक्ति स्वतन्त्रता एक कार्यशील लोकतन्त्रका लागि सामाजिक आवश्यकता हो ।’
यसअघि मस्कलाई बोर्डमा सामेल हुने प्रस्ताव पनि आएको थियो । तर, उनले अस्वीकारका थिए ।
प्रतिक्रिया