मलेसियामा नेपाली कामदारलाई रोजगारीको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - मलेसियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जलन सहरमा रहेको कम्पनीले ५० जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३८ हजार बढी पाउनेछ । इच्छुक कामदारले फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिको कार्यालय कालिमाटिडोल काठमाडौंमा बैशाख ९ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन  बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया