काठमाडौं - आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँचजनाको नाम सिफारिस भएको छ ।
बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
स्रोतकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।
शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्य र पूर्व राज्यमन्त्री समेत हुन् ।
पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् ।
प्रतिक्रिया