कुमारीले ल्यायो 'कुमारी डबल धमाका' मुद्दति निक्षेप

४ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दति निक्षेप ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । 

निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दति निक्षेपमा न्यूनतम मौज्दात १० हजार रहेको छ । 

यो मुद्दति निक्षेपमा सजिलै ९० प्रतिशत सम्म कर्जा सुविधासमेत रहेको बैंकले जानकारी गराएको छ । आफ्ना सेवालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु सञ्चालनमा ल्याएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया