आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । रसिया र युक्रेन बिच करिब डेढ महिना देखि जारी युद्धका कारण नेपालको आर्थिक वृद्धि थप प्रभावित हुने विश्व बैंकले जनाएको हो ।

विश्व बैंकले गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । बुधबार सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट रिपोर्टका अनुसार चालु आवको आर्थिक वृद्धि जनवरीमा गरिएको प्रक्षेपण भन्दा पनि थोरै हुने देखिएको हो । तर, सरकारले भने चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

विश्वका अधिकांश राष्ट्रहरुमा कोभिड–१९ का कारण आर्थिक गतिविधिमा आएको अबरोधका कारण मुद्रास्फिति उच्च हुनु, उच्च सार्वजनिक ऋण, विप्रेषणमा आएको कमि तथा चालु खाता घाटाका कारण र आयमा असमानता बढेकाले आर्थिक वृद्धिमा सुस्तता आउने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले साउथ एसियाको आर्थिक वृद्धि पनि एक प्रतिशतको विन्दुले कमी आउने प्रक्षेपण गरेको छ । यसभन्दा अघि विश्व बैंकले सन २०२२ मा ६.६ र २०२३ मा ६.३ प्रतिशतको प्रक्षेपण गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया