काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीयलाई बैशाख ११ गते देखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर १०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जस मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ (साविक पसगाउँ तथा भोजे गा.वि.स.) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडा गा.वि.स.) का स्थानीय बासिन्दाहरूको लागि ७ लाख कित्ता शेयर सुरक्षित गर्ने भएको छ ।
साथै बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासँग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको छ ।
आईपीओमा आवेदन दिने अन्तिम दिन बैशाख २५ गते रहेको छ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ९ गते सम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आईपोओमा न्यनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ ।
प्रतिक्रिया