काठमाडौं - २०७८ सालमा कुल १९ लाख बढी हितग्राही खाता ९डिम्याट० थपिएका छन् ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा डिम्याट खाता संख्या ५१ लाख २१ हजार ८६२ पुगेको हो । वि.सं २०७७ चैत मसान्तसम्ममा जम्मा ३२ लाख ७२ वटा डिम्याट खाता खुला भएका थिए ।
सिडिएस एण्ड क्लियरिङका अनुसार वि.सं २०७८ मा ८२ वटा निक्षेप सदस्यहरुमा गरी कुल १९ लाख २१ हजार ७९० वटा संख्यामा खाता खुलेका हुन् ।
एक वर्षभित्रै १९ लाखभन्दा डिम्याट खाता खुल्नुले धितोपत्र बजारको प्राथमिक बजारमा नयाँ लगानीकर्ताको संख्या ह्वात्तै बढेको पुष्टि गर्दछ । सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने गरेको छ ।
प्रतिक्रिया