सिवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार बढि कित्ता आईपीओमा आजबाट आवेदन दिन सकिने, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै छ । 

संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दै छ । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्नेछ । 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन दिने म्याद छिटोमा वैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ । यो अवधिसम्म पनि मागबमोजिम आवेदन नपरेको खण्डमा वैशाख १६ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया