काठमाडौं - २०७८ सालमा २० वटा कम्पनीहरुले आईपीओ निष्कासन गरेका छन् । ती कम्पनीहरुले ५ करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गरेका हुन् ।
जसमा ९ वटा जलविद्युत कम्पनी, ७ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र २ वटा इन्भेस्टमेन्ट कम्पनी रहेका छन् र यी कम्पनीहरुले ५ अर्ब ४९ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेका हुन् ।
सर्वाधिक आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसले ४ वटा आईपीओ निष्कासन गरेको थियो । यस्तै, प्रभु क्यापिटलले ३ र एनआइबिएल एस क्यापिटल ३ वटा आईपीओे निष्कासन गरेका थिए ।
यस्तै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०७८ सालमा मात्र १४ वटा कम्पनीहरुले आईपीओ निष्कासनको स्वीकृति पाएका थिए ।
तीमध्ये चैत महिनामा मात्रै सीवाईसी लघुवित्त, रिभर फल्स पावर, विन्ध्यवासिनी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।
यी कम्पनीहरुले भने २०७९ सालमा आईपीओ निष्कासन गर्ने छन् ।
प्रतिक्रिया