मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान

४ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन् । 

मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो । 

मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारीसमेत प्रदान गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया