कर्जा वृद्धिदर ४.६० प्रतिशतले घट्यो

४ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाबाट फागुन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.६० प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिनासम्मको तथ्यांक अनुसार फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८० प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो वृद्धि १७.४० प्रतिशत रहेको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबाट वार्षिक बिन्दुगत आधारमा भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२.२० प्रतिशतले बढेको छ । 

सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.४० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५.२० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको फागुन मसान्तसम्ममा लगानीमा रहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.५० प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ ।  

यस अवधिमा घर जग्गा धितोमा रहेको लगानी ०.८० प्रतिशत र चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा रहेको कर्जा ०.२० प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.४० प्रतिशतले, डिमान्ड तथा अन्य चालु पूँजी कर्जा १५.६० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.१० प्रतिशतले र हायर पर्चेज कर्जा ५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४१.९० प्रतिशतले र मार्जिन प्रकृति कर्जा ९.९ प्रतिशतले घटेको छ ।

साथै चालु आर्थिक वर्षको ८ महिनामा कुल आन्तरिक कर्जा १०.५० प्रतिशतले बढेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया