काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र शुक्रवार खोलिने भएको छ ।
कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
कम्पनीले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया