खारे इन्भेष्टमेन्ट र श्री रघुपति जुटले बोलायो साधारण सभा, कुनको कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - विभिन्न दुई कम्पनीले साधारण सभा बोलाएको छ । खारे इन्भेष्टमेन्ट लिमिटेड र श्री रघुपति जुट मिल्सले साधारण सभा बोलाएको हुन् ।

खारे इन्भेष्टमेन्ट
खारे इन्भेष्टमेन्ट लिमिटेडको विशेष साधारण सभा वैशाख १६ गते हुने भएको छ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमााडौंमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, होंगुखोला १ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको हक हस्तान्तरण गर्ने र प्रस्ताव नं ९ख० बमोजिम कार्यको लागि अख्तियारी दिने रहेको छ । 

श्री रघुपति जुट मिल्स
श्री रघुपति जुट मिल्सको २४औं वार्षिक साधारण सभा वैशाख २३ गते हुने भएको छ । सभा सावित्री इन्टरनेशनल (बिग होटल) को सभाकक्ष रोडशेष, विराटनगरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । 

सभाको प्रस्तावमा आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने र विविध विषय रहेका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया