श्रीलंकाले आर्थिक संकटमा फसेपछि बाह्य ऋण भुक्तानी नगर्ने निर्णय गरेसंगै नेपालका बैंक वित्तीय संस्थाको लगानी जोखिममा

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बैंक तथा वित्तीय संस्थाको श्रीलंकाली सरकारको ऋणपत्रमा रहेको लगानी जोखिममा परेको छ । श्रीलंकन सरकार आर्थिक संकटमा फसेपछि बाह्य ऋण भुक्तानी नगर्ने निर्णय गरेसंगै नेपालका बैंक वित्तीय संस्थाको लगानी जोखिममा परेको हो ।

श्रीलंकाको केन्द्रीय बैंकले मंगलबार बाह्य ऋण तिर्न हालको लागि असम्भव र चुनौतीपूर्ण रहेको भन्दै बाह्य ऋण भुक्तानी एकतर्फी रुपमा बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयले धेरै प्रतिफलका लागि श्रीलंकन सरकारको बण्डमा लगानी गरेको नेपाली बैंक वित्तीय संस्थाको लगानी जोखिममा परेको हो ।

धेरै बैंक वित्तीय संस्थाहरुको लगानी श्रीलंकाली वण्डमा रहेको भएपनि नबिल बैंकले गत जनवरी मै फिर्ता गरिसकेको छ । नबिल बैंकले केही वण्डको लगानी अवधि परिपक्क भएपछि र केहीको समयअवधि अगावै फिर्ता गरेको हो । 

श्रीलंकाको करिब ४ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय ऋण रहेको छ । जसअन्तर्गत १ अर्ब अन्तर्राष्ट्रिय सभरेन बोन्ड छ । उक्त बोन्डको म्याचुरेसन आगामी जुलाईमा हुँदैछ । श्रीलंकाको यस निर्णयले २५ अर्ब डलर बराबरको दुई पक्षिय तथा व्यवसायी ऋणको भुक्तानी बन्द गरेको छ । यस निर्णय अन्तर्गत १२ अर्ब डलर बराबरको अन्तर्राष्ट्रिय सभरेन बोन्ड पनि पर्छ ।

नेपाली बैंक वित्तीय संस्थाले श्रीलंकाली डिवेञ्चरमा २६ प्रतिशतसम्मको डिस्काउन्टमा खरिद गरेका छन । त्यसमा पनि नेपाली बैंक वित्तीय संस्थाले वार्षिक ६ प्रतिशत प्रतिफल लिने गरी श्रीलंकाको सरकारी बण्डमा लगानी गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया