काठमाडौं - जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै २ अर्ब माथि प्रथम बीमा शुल्क आर्जन गरेका छन ।
बीमा समितिको तथ्याङ्क अनुसार १९ जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै २ अर्ब ८८ १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । यी कम्पनीहरुले यस वर्षको ८ महिनाको अवधिसम्ममा भने २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
१. नेपाल लाइफ
बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुन महिनामा ५१ करोड ३२ लाखरुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
२. नेशनल लाइफ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा २९ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
३. सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा २४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
४. एलआइसी नेपाल
एलआइसी नेपालले चालु आर्थिक वर्षको फागुन महिनामा २१ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
५. रिलायबल नेपाल
रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा १८ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
६. ज्योति लाइफल
ज्योति लाइफल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा १९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
७. सन नेपाल
सन नेपाल लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा १८ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
८. सूर्या लाइफल
सूर्या लाइफल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको फागुन महिनामा १५ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
९. यूनियन लाइफ
फागुन महिनामा यूनियन लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा १४ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१०. मेट लाइफ
मेट लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा १२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
११. एशियन लाइफ
एशियन लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ११ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१२. प्राइम लाइफ
प्राइम लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ९ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१३. सानिमा लाइफ
सानिमा लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१४. आइएमई लाइफ
आइएमई लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ७ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१५. रिलायन्स लाइफ
रिलायन्स लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ६ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
१६. प्रभु लाइफ
प्रभु लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ५ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
१७. राष्ट्रिय बीमा संस्थान
समितिको तथ्याङ अनुसार फागुन महिनामा राष्ट्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
१८. महालक्ष्मी लाइफ
महालक्ष्मी लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा ४ करोड १८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
१९. गुराँस लाइफ
गुराँस लाइफले चालु आर्थिक वर्षको फागुन महिनामा २ करोड ७८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया