वैशाख दोश्रो हप्तादेखि ठूलो संख्यामा नेपाली कामदार जाने साउदीमा नियमित उडान

३ बर्ष अगाडि

काठमाडौं - नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले वैशाख दोश्रो हप्तादेखि ठूलो संख्यामा नेपाली कामदार वैदेशिक रोजगारीमा जाने साउदी अरेबियामा नियमित उडान शुरु गर्ने भएको छ । 

पहिलो पटक नेपाल एयरलाइन्सले आगामी ९ वैशाखदेखि साउदी अरबको राजधानी रियादमा नियमित उडान गर्न लागेको बताएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा नियमित उडान शुरु गर्न अनुमति दिएपछि नेपाल एयरलाइन्स उडानको तयारीमा लागेको बताएको छ ।  

नेपाल एयरलाइन्सले साउदी अरबको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ । हिमालय एरलाइन्सले मात्रै उडान भर्ने साउदीमा नेपाल एयरलाइन्सको उडान शुरू भएपछि उक्त रूटमा जहाज भाडा सस्तो भई रोजगारीका लागि जाने कामदारहरूलाई आर्थिक  राहत  हुनसक्ने आंकलन गरिएको छ । 

साउदी अरबमा हाल दैनिक ३ सय बढी कामदार उड्ने गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया