काठमाडौं - नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिलले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आकृौक उपहार योजना सार्वजनिक गरेको छ ।
क्यापिटलले २ हजार रुपैंयामा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने अफर सिरु गरेको हो । नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने गरी क्यापिटलले २०७८ बैशाख १ देखि २०७८ असार १७ गतेसम्मका लागि यस्तो योजना ल्याएको हो ।
यसैगरी लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०५ वार्षिक शुल्क छुट पाउने क्यापिटलले जनाएको छ ।
व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले २ हजार ७९ रुपैंंया बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका पाउने छन् ।
थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।
प्रतिक्रिया