उपकार लघुवित्तको आईपीओमा अन्तिम दिन सम्ममा १२४ गुणा बढी आवेदन

४ बर्ष अगाडि

काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १२४ गुणा बढी आवेदन परेको छ। 

संस्थाले गत चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो । 

संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

यो आईपीओमा आज चैत ३० गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । सीडीएससीका अनुसार आज बुधबार साँझ ५ बजेसम्म यो आईपीओमा २४ लाख ३१ हजार १७० आवेदकबाट २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयर माग भएको छ। यो मागभन्दा १२४.६४ गुणा बढी आवेदन हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया