काठमाडौं - प्रभु इन्स्योरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा भर्चुअल रुपमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरि जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत गरेको छ ।
यस्तै सभाले बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु राख्नु हुंदै कम्पनीको प्रगती सन्तोषजनक रहेको र बीमा समितिबाट जारी भएको पूँजी बृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीको चुक्ता पूँजी २ अर्व ५० करोड पु¥याउनको लागि हकप्रद शेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पेश गरि सो प्रस्ताव अत्याधिक बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया