शिवम् सिमेन्टको सर्वाधिक कारोबार हुँदा नेष्डो समृद्धको शेयरमूल्यमा सकारात्मक सर्किट, मार्दीको सेयरमूल्य सबैभन्दा धेरै घट्यो

४ बर्ष अगाडि

काठमाडौं - यस वर्षको अन्तिम कारोबारको दिन आज (बुधबार) सेयर बजारमा ३० अंकले बृद्धि भएको छ । 

आज नेप्से परिसूचक ३०.०२ अंकले बढेर २,४१५ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १६४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको ३३ करोड ९८ लाख ६४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । 

बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ४३ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार २ सय ६२ रूपैयाँ ७० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीले सेयरमूल्य २।०८ प्रतिशतले घटेर प्रतिकित्ता ९ सय ४८ रूपैयाँमा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया