काठमाडौं - यस वर्षको अन्तिम कारोबारको दिन आज ९बुधबार० सेयर बजारमा ३० अंकले बृद्धि भएको छ ।
आज नेप्से परिसूचक ३०.०२ अंकले बढेर २,४१५.०३ को विन्दुमा कायम भएको छ । आज १६४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको ३३ करोड ९८ लाख ६४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबेभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निरन्तर घटेको बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।
प्रतिक्रिया