सिद्धार्थ इन्स्योरेन्सका सिईओको तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बीरेन्द्र बैदवार क्षेत्रीले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ९० लाख २८ हजार ४३७ रुपैयाँ बुझेका छन् । 

नियम अनुसार कर्मचारी बोनस बापत बैदवारले १९ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।  यस बाहेक अन्य सुविधबाट १६ लाख २२ हजार बुझेका छन् । अघिल्लो वर्षमा उनले यस्तो रकम १५ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए । 

संचालकहरुलाई संचालक समितिको बैठक भत्ता बापत ११ लाख ८८ हजार तथा अन्य समितिको बैठक भत्ता बापत १३ लाख ७६ लाख भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया