काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गरिने भएको छ ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर १०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका १३ हजार ६८९ आवेदकलाई ४५ लाख ३९ हजार १४९ कित्ता हकप्रद सेयर चैत २८ गते बाँडफाड गरिएको छ ।
हकप्रद निष्कासनका क्रममा बिक्री नभएका ९१ लाख १९५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको हो ।
प्रतिक्रिया