काठमाडौं - ग्रेट वाल मोटर ९जीडब्ल्यूएम० नेपालले नयाँ वर्ष २०७९ का अवसरमा ‘ग्रेड ड्राइभ ग्रेट डिल’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकका लागि ४ लाखसम्मको क्यास डिस्काउन्ट, निःशुल्क एक्सेसोरिज, एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, रोड ट्याक्स, स्पट भ्यालुएसन र कुनै पनि जीडब्ल्यूएम गाडीहरुको टेस्ट ड्राइभ गर्दा फ्रिबिजहरु प्रदान गर्दैछ ।
यो योजना हाभाल एच६, हाभाल जोलायन, र पोअर गाडीहरुमा उपलब्ध छ । ग्राहकले आउँदो वैशाख ३१ सम्म देशभर उपलब्ध बिक्री च्यानलहरु र जीडब्ल्यूएम नेपालको नेटवर्कहरुमार्फत प्रदान गरिएका सुविधाको फाइदा उठाउन सक्नेछन् ।
ग्रेट वाल मोटर नेपालले हाभल एच६, हाभल जोलायन, र पावर जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जीडब्ल्यूएम नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।
विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो । जसको विश्व बजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । यसका साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार भन्दा धेरै रहेको छ ।
विगत ६ वर्षदेखि कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीनबाहेक जीडब्ल्यूएमले आफ्ना उत्कृष्ट गाडी ६० भन्दा धेरै राष्ट्रमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।
प्रतिक्रिया